बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

महेन्द्र मा वि घार्मीको ३४ औं वार्षिकोत्सब सम्पन्न

महेन्द्र मा वि घार्मीको ३४ औं वार्षिकोत्सब सम्पन्न


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८१, बिहिबार

पोखरा/ पोखरा– १९घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले शैक्षिक संस्थाले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या बर्सेनि घट्दै जानु चिन्ताको बिषय बनेको भन्दै विद्यार्थीको आर्कषण बढाउने तर्फ व्यवस्थापन समितिले कार्ययोजना बनाएर अगाडि बढ्न सुझाव दिए ।

पुर्व वडाध्यक्ष शोभामोहन पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका वर्ष उत्कृष्ट शिक्षकको रूपमा लक्ष्मी अधिकारी, दिएमा दुवे, चियरमेन अर्वाडबाट शिक्षक रमेश आचार्य सम्मानित भए । सोहि अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक भोलानाथ पौडेललाई प्रमुख अतिथि पाण्डेले सम्मान गरे।

कार्यक्रममा शिक्षासेवी शान्तिरमण पौडेल, महेश्वर पौडेल, युवा नेता अर्जुन अधिकारी, शिक्षक सुर्यराज घिमिरे, शरद् सापकोटा, रत्ना विश्वकर्मा, विद्यार्थी हेमन्त भुजेल लगायतकाले घार्मीको शैक्षिक उन्नयनमा विद्यालयले खेलेको भूमिकाको उच्च प्रशंशा गरेका थिए। विद्यालयका प्रअ बासुदेव पौडेलले बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रममा वडा नं १९ का नवआगन्तुक सचिव सुजन शर्मालाई स्वागत समेत गरिएको छ। शैक्षिक, खेलकुद र छात्रवृत्ति समेत वितरण गरिएको कार्यक्रममा विद्यार्थीले गित तथा नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->