बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ट्राफिक सप्ताहको पाँचौं दिन चालकको स्वास्थ्य परीक्षण

ट्राफिक सप्ताहको पाँचौं दिन चालकको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८१, शनिबार

बागलुङ/ट्राफिक सप्ताहको पाँचौ दिन शनिबार सवारी चालक र सह–चालकको स्वास्थ्य जाँच गरिएको छ । सफल पोलिक्लिनिक र सिद्वार्थ चश्मा घर संगको सहकार्यमा शिविर संचालन गरेर सवारी चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
बढ्दो सवारी दुर्घटना न्युनिरकण गर्ने उदेश्यले चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले जानकारी दिए । शिविरमा ५३ जना चालक र सह–चालकको प्रेसर, सुगर, आँखा सम्बन्धि स्वास्थ्य जाँच गरिएको हो । सफल पोलिक्लिनिकका संचालक तथा हेल्थ असिस्टेन्ट दिपेन्द्र बहादुर घिमिरे र सिद्धार्थ चस्मा घरका आँखा विशेषज्ञ सुजलराज पाण्डेसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
स्वास्थ्य जाँचका क्रममा चालक परिचालक प्रशिक्षण, सवारी साधनको अनुगमन, तीब्र गति नियन्त्रण र ओभरटेक, भाडा अनुगमन, आरक्षण सिट कार्यान्वयन, सशस्त्र प्रहरीलाई कक्षा, चालक परिचालकले प्रयोग गर्ने पोशाक, यात्रु सचेतना जस्ता लघु सचेतना कार्यक्रम संचालन तथा स्टिकर टाँस र पर्चा वितरण गरिएको थियो ।
सप्ताहको अन्तिम दिन सोमबार पत्रकारसंग ट्राफिक सप्ताहको समिक्षा गर्दै दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङ बजारको मुख्य चोकमा दीप प्रज्वलन गरिने ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->