बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ट्राफिक सप्ताह : ३५ पिन्ट रगत संकलन

ट्राफिक सप्ताह : ३५ पिन्ट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८१, आइतबार

बागलुङ/ट्राफिक सप्ताहको पाँचौ दिन आइतबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र ट्राफिक प्रहरीको आयोजनामा गरिएको रक्तदानमा सुरक्षाकर्मी, समाजसेवी र विभिन्न संघ संस्थामा आवद्व कर्मचारीले गरेको रक्तदानबाट ३५ पिन्ट रगत संकलन भएको बागलुङका ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका अध्यक्ष जगन्नाथ आचार्य लगायतले बोल्दै योग्य व्यक्तिहरुले रक्तदान नगर्ने प्रवृति बढ्दै जाँदा कहिलेकाहीं रगतको अभावले बिरामीको ज्यानै जाने हुँदा युवाहरुलाई रक्तदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।
ट्राफिकले शनिबार मात्रै शिविर संचालन गरेर ५३ जना सवारी चालक र सह–चालकको स्वास्थ्य जाँच गरेको थियो । सप्ताहको अन्तिम दिन सोमबार पत्रकारसंग सप्ताहको समिक्षा गर्दै दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङ बजारको मुख्य चोकमा दीप प्रज्वलन गरिदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->