बागलुङ/कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।
२०६३ बैशाख ३० गते कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गर्दै १० वर्षको कैद फैसला तोकेपछि फरार रहेका बागलुङको निसीखोला गाउँपालिका वडा नं. ४ घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–७ बनगाई बस्ने ५१ वर्षिय दुर्गा गौतम भन्ने दुर्गा आचार्य र सोही ठाउँ बस्ने उनकी ४६ वर्षिय बहिनी पार्वती आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक विजय यादवका अनुसार, जिप्रका बागलुङबाट खटिएको विशेष टोलीले दुवै जनालाई कपिलवस्तुको वाणगंगाबाट बैशाख १२ गते पक्राउ गरी अदालतको फैसला कार्यान्वयनको लागि जिल्ला कारागार पठाईएको छ ।





