शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जंकफुड रोक्न पोषणयुक्त खाजा

जंकफुड रोक्न पोषणयुक्त खाजा


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८१, सोमबार

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको छ । चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक, अभिभावकको उपस्थितीमा तालिम दिइरहेको छ । गाउँपालिकाले चालु आवमा वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारमा तालिम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख दिवा तिलिजा पुनले बताइन् ।
तालिमको सहजकर्ता बालकुमारी पुन, भगवती खड्काले बालबालिकालाई पोषणयुक्त खानाको महत्वका बारेमा समेत अभिभावकलाई जानकारी दिदैं गाउँघरमा पाइने पोषिलो खानेकुराहरु र रैथाने वस्तुहरुको तयारी गर्ने प्रयोगात्मक अभ्यास समेत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले विद्यालयमा पूर्णरुपमा जंकफुड निषेध गर्ने गरी सबै वडामा तालिम सहित नियमित अनुगमन समेत गरिने बताए । बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीको लागि दैनिक २० रुपैयाँ दिवा खाजाको लागि सरकारले उपलब्ध गराउने भए पनि गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई समेत खाजाका लागि बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->