बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८१, बुधबार

पोखरा / पोखरा उच्च अदालतले तनहुँको व्यास नगरपालिकाको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले मंगलवार यो आदेश दिएको हो।

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको यो आदेश आएको हो।

स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए।

दीपक पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्। उनलाई नेकपा एमालेले समर्थन गरेको थियो।

कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित जोशीले उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए। न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए ।

उच्च अदालतले उनको दाबीअनुसारै फैसला गरिदिएपछि निर्वाचन आयोगले फेरि मतगणना गरेर नतिजा प्रकाशन गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->