बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानी माविले आफ्नो ७५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सरकारले शिक्षामा प्रयाप्त लगानी गरिरहेको बताए । उनले लगानी अनुसार शैक्षिक क्षेत्रबाट उपलव्धी हाँसिल गर्न शिक्षक, अभिभावक र बिद्यार्थी सबैको मेहनत आवश्यक रहेको औंल्याए ।
गण्डकी प्रदेशका पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मणिभद्र शर्माले समुदायको दानमुठीबाट चलेका विद्यालयले नै शिक्षाको ज्योती फैलाएको भन्दै अझैपनि सामाुदायीक विद्यालयको विकासमा समुदायको भुमिका महत्वपूर्ण हुने बताए ।
विद्यालयका प्रधानाध्यापक खिमानन्द कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खरको झुप्रोबाट सुरु भएको विद्यालय विशाल भवनबाट सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । विद्यालयले बिभिन्न प्रतियोगिता तथा विद्यालयका गतिबिधिमा उत्कृष्ट हुने शिक्षक विद्यार्थीलाई पुरस्कृत र चन्दादातालाई सम्मान गरिएको थियो ।





