बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनमा बोलेरो जिप दुर्घटना, केही घाईते

ढोरपाटनमा बोलेरो जिप दुर्घटना, केही घाईते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८१, बुधबार

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ मस्तीमा बोलेरो जीप दुर्घटना भएको छ । बुर्तिबाङ बजारबाट वडा नं ५ को चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरोजीप उकालोमा दुर्घटना भएको हो । पानीपरेकाले सडक चिप्लो हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी नायव निरिक्षक राज कुमार वि.कले जानकारी दिए ।
घाईतेको उद्धार गरेर उपचारको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । दुर्घटनामा घाईतेको संख्या एकिन नभएको र घाईते सबै सामान्य रहेको प्रहरी निरिक्षक वि.कले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->