बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यालयमा क्याप्टेन छनोट गर्न निर्वाचन

विद्यालयमा क्याप्टेन छनोट गर्न निर्वाचन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८१, शनिबार

बागलुङ/बागलुङको एक विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ । तर, शुक्रबार बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सिदार्थ शिक्षा सदनमा निर्वाचनबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।

संसदीय निर्वाचनको भल्को दिने गरी लोकतान्त्रिक पद्धति अनुसार मतदानबाट एक वर्षको लागि विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टनेको साथै चार वटा हाउस (समुह)का क्याप्टेन र भाइस क्याप्टेन समेत छनोट गरेका छन् । विद्यालयमा विद्यार्थीहरुविच क्याप्टेन चयन गर्नको लागि समय निर्धारण गरिएपनि केही पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले जानकारी दिए ।

शिक्षण सिकाई क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनोट गरिएको निर्वाचन कोडिनेटर तथा शिक्षक नगेन्द्र हमालले बताए । निर्वाचनबाट कक्षा १० मा अध्ययनरत श्रेया छन्त्यालले १२९ मत प्राप्त गरी विद्यालयको क्याप्टेनमा निर्वाचित भएको निर्वाचन अधिकृत तथा विद्यालयका भाइस प्रिन्सिपल प्रेम बहादुर थापाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी सचिन क्षेत्रीले १ सय ७ मत प्राप्त गरेका थिए । यस्तै विद्यालयको भाइस क्याप्टेनमा प्रमिसा सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले बताए ।

निर्वाचिन अधिकृत थापाका अनुसार पहेंलो हाउसको प्रमुखमा आशिका छन्त्याल र उपप्रमुखमा सिम्रन कार्की निर्वाचित भएका छन् । छन्त्यालले ३२ मत प्राप्त गरेकी थिइनभने कार्की निर्विरोध निर्वाचित भएकी हुन् । यस्तै ग्रिन हाउसको प्रमुखमा समृद्धि थापा र उपप्रमुख स्नेह खड्का निर्वाचित भएका छन् । प्रमुख थापाले ४० मत ल्याइनभने उपप्रमुख खड्का निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

यस्तै रेड हाउसको प्रमुखमा समिक्षा कार्की र उपप्रमुखमा आरध्या सेवा निर्वाचित भएका छन् । प्रमुख कार्कीले ४५ मत र उपप्रमुख सेवाले ४० मत प्राप्त गरेर निर्वाचित भएका छन् । यस्तै ब्लु हाउसको प्रमुखमा एरिका थापा र उपप्रमुखमा कृति निर्वाचित भएका छन् । प्रमुख थापाले ३५ मत र उपप्रमुख कृतिले ४० मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन प्रमुख थापाले जानकारी दिए ।

निर्वाचनमा २३ जना विद्यार्थीहरु विभिन्न पदका उम्मेदवार थिए । निर्वाचनमा कक्षा २ देखि १० सम्मका ३ सय २० जना विद्यार्थीहरुले मतदान गरेको निर्वाचन कोडिनेटर हमालले बताए ।

विद्यालयले केही दिन पहिले विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन सहित हाउसका क्याप्टेन र भाइस क्याप्टेनको उम्मेदवारी खुल्ला गरेको थियो । निर्धारितसमयमा सीमाचित्र मनोचयनदर्ता र मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने दिनको समयसिमा समेत तोकेको थियो । बहिबार मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा २ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत मागेका थिए ।

शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो । निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरुलाई निर्वाचन अधिकृत र मतदान अधिकृत, विद्यार्थीहरुलाई उम्मेदवारको एजेन्टको रुपमा जिम्मेबारी तोकिएको थियोभने अभिभावकलाई परिवेक्षकको रुपमा जिम्मेवारी तोकिएको थियो ।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->