बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दिक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग

दिक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८१, शनिबार

बागलुङ/घरमा झुण्डीएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दिक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजी समेत गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

बुधबार बेलुकी मृत भेटिएको भन्दै परिवारका सदस्यले उनको शव अस्पताल ल्याएका थिए । माइती पक्षले भने हत्या गरिएको भन्दै जाहेरी दिएपछि प्रहरीेले शंकास्पद दोषीलाई पक्राउ गरेको छ । ढीला समयसम्म पोष्टमार्टम नभएपछि स्थानीय आक्रोसित थिए । मृतकको पोष्टमार्टमका लागि बिज्ञ चिकित्सक चाहिने भन्दै अस्पतालले ढीला गरेको थियो ।

धौलागिरि अस्पतालमा फरेन्सी बिज्ञ ल्याएर शनिबार पोष्टमार्टम गरिएको छ । उक्त पोष्टमार्टमको रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाउने बताएको छ । घटनाबारे परस्पर बिरोधी धारणाहरु आइरहेपनि वास्तविकता खुल्न भने अझै केही समय लाग्ने प्रहरी अधिकारीहरुको भनाई छ । अनुसन्धानको क्रममा भएकोले यसै भन्न नमिल्ने उनीहरुले बताए ।

मृतक किशोरीको माइती भने बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको गलुवा हो । उनको मृत्युलाई रहस्यमय भन्दै उचित छानविन गरी दोषीलाई कारवाही गर्न क्षेत्री समाज बागलुङले माग गरेको छ ।

गलुवाका देबेन्द्र भण्डारी र साबित्री भण्डारीकी छोरी दिक्षा बिद्यामन्दिर माबिमा पढ्दै थिइन् । समाजले घटनाको सत्यतथ्य नलुकी बाहिर आउने वातावरण बनाउन सबैलाई आग्रह गरेको छ । अध्यक्ष रुद्रबहादुर महतले हस्ताक्षर गरेको बिज्ञप्तीमा यथार्थ छानविन र अनुसन्धान हुनुपर्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->