बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उत्पादनसंग जोडिएर अगाडि बढ्न कार्यकर्तालाई उपाध्यक्ष पाँण्डेको निर्देशन

उत्पादनसंग जोडिएर अगाडि बढ्न कार्यकर्तालाई उपाध्यक्ष पाँण्डेको निर्देशन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८१, शनिबार

बागलुङ / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान नवनाएसम्म विकासले गति लिन नसक्ने वताएका छन् ।शनिवारदेखि सुरु भएको एमाले काठेखोला गाउँपालिकाको दोस्रो अधिवेशनको उदघाटन गर्दै उपाध्यक्ष पाँण्डेले समृद्धिको लागि उत्पादनमा जोडिनुपर्नेमा जोड दिए ।

‘समृद्धिका लागि वोलेर मात्रै हुँदैन, सोच नै परिवर्तन गरेर उत्पादनमा जोडिनु पर्दछ,’ उपाध्यक्ष पाण्डेले भने, ‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय पुँजीको विकास गर्ने हो ।’

‘समाजवाद हाम्रो लक्ष्य हो तर अहिले राष्ट्रिय पुँजीका विकास गर्दै अगाडि बढ्नु पर्दछ,’ पाँण्डेले भने, ‘एमालेका नेता कार्यकर्ताले सोच नै बदलेर अगाडि नवढेसम्म समृद्धि सम्भव छैन् ।’

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य मन कुमारी केसी, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सूर्य पाठक, जिल्ला अध्यक्ष हिरा वहादुर केसीले शुभकामना मन्तब्य राख्दै मिसन ०८४लाई पुरा गर्न सवै पार्टी कार्यकर्ताहरु एकढिक्का भएर लाग्नुपर्ने वताए ।

पालिका अध्यक्ष डिल वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति यामदत्त कँडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्ष्मण पुनले शुभकामना मन्तब्य ब्यक्त गरे ।

कार्यक्रमको सञ्चालन सचिव विद्यापति शर्माले र स्वागत उपसचिव नरवहादुर क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->