बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भौतिक निर्माण र सामाजिक सुरक्षा संगसंगै

भौतिक निर्माण र सामाजिक सुरक्षा संगसंगै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८१, आइतबार

बागलुङ/बागलुङ नगरपालिकाले पछिल्लो दुई वर्षमा स–साना कामबाट दिर्घकालिन प्रभाव राख्ने सफलता हासिल गरेको छ । साविक धौलागिरीकै पहिलो नगरपालिका भएपनि देश संघीयतामा गएपछि भएको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरका कामबाट सफलता हाँसिल गर्न प्रयत्न थालेको आज ठिक दुई वर्ष पुरा हुँदै छ ।
बसन्तकुमार श्रेष्ठ नेतृत्वको पहिलो कार्यपालिका बैठकले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने पहिलो निर्णय गरेको थियो । नगरलाई बालमैत्री बनाउन वडास्तरमा आधारहरु तयार भएका छन् । बालक्लव गठन, बालमैत्री शासनका लागि आवश्यक पूर्वाधारको तयारी लगायतका कामहरु पुरा भैसकेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । बालमैत्री विद्यालय कार्यक्रमअन्तर्गत ४६ वटा विद्यालयमा शौचालय र खानेपानीको मर्मत सम्भार तथा व्यवस्थापन गरी विद्यालयलाई बालमैत्री बनाउने अभियानलाई अगाडि बढाएको उनले बताए ।
नगरपािलकाले आफ्नै लगानी, साझेदारी, प्रदेश र संघीय लगानीमा साना ठूला पूर्वाधारहरु निर्माणको काम थालेको छ । बागलुङ बजारमा सडक मापदण्ड कार्यान्वयन गर्न थालेको नगरले बजार व्यवस्थापनको कामलाई चुस्त बनाएको छ । फुटपातको अभावमा सडकको बीच भागमा हिँड्ने पैदलयात्रीका लागि फुटपात निर्माण गरेर बागलुङेको पहिचान बदल्न प्रयास भैरहेको श्रेष्ठ बताउँछन् । ‘काठमाणडौं पोखराका बीच सडकमा कोही हिँडेको देख्यो भने बागलुङे भन्ने गर्छन्’ श्रेष्ठ भन्छन् ‘फुटपातको अभावमा बीच सडकमा हिँड्दा बनेको बागलुङेको पहिचान परिवर्तन गर्न हामीले मापदण्डमा परेका संरचना हटाएर फुटपात निर्माण गर्यौं ।’
सडक बनाउँदा डोजरको प्रयोग निशेष, ३० वटा कानुन थप गरी कुल ८४ ऐन, नियमावली र कार्यविधि गरी ८ वटा समयसापेक्ष हुने गरी संशोधन गरेको श्रेष्ठ बताउँछन् । दुई वर्षको अबधिमा झण्डै ७० किलोमिटर पक्कि तथा ढलान सडक तयार भएको, ५६ वटा सामुदायीक भवन र १६ वटा विद्यालय भवन तयार भएको नगरपालिकाले जनाएको छ ।
खानेपानी, सिंचाई र कृषि तथा पशुपालनका क्षेत्रमा नयाँ नयाँ कार्यक्रममार्फत नगरबासीको आर्थिक उन्नतीको काम थालिएको उनले बताए । नगरले दुई वर्षको बीचमा देशभर चर्चा हुनेगरी अर्को सामाजिक पाटो हो ‘नगरी छोरी’ कार्यक्रम । यो कार्यक्रम कार्यान्वयनमा जाँदा नगरका यकौं छोरीहरु अपहेलना र विभेदबाट बच्ने आशा नगरको छ । नगरकी छोरी कार्यक्रम कार्यान्वयनमा आईसकेको छ ।
विपत् सामनाको लागि आपत्कालिन सेवा केन्द्रको स्थापना गरेर नगरले परोपकारी काम पनि थालेको छ । कार्यालयको व्यवस्थापन, बिद्यालय स्थगन तथा घटुवा जस्ता महत्वपूर्ण निर्णय दुई वर्षको अबधिमा प्रभाव पार्ने काम हुन् ।
नगरले ठुला योजनामा साझेदारीका कामलाई निरन्तरता दिने तथा नयाँ कार्यक्रम सम्झौता गर्ने कामलाई पनि अघि बढाएको छ । बसपार्कको सञ्चालन, रिङरोड स्तरोन्नतीका लागि विश्व बैंकको सहयोग भित्राउने, खानेपानीको व्यवस्थापनका लागि सहकार्य गर्ने जस्ता काम दुई वर्षको अवधिमा सुरुवात भएको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।
दुई वर्षयता उपभोक्ता हितका क्षेत्रमा समेत महत्वपूर्ण काम भएका छन् । बजार अनुगमनलाई चाडबाड केन्द्रित हुन्छन् भन्ने भास्यलाई चिर्न नियमित अनुगमन गर्ने, बजार मुल्यका कारण मारमा परेका उपभोक्ताको हितका लागि सरोकारवालासँग छलफल गरेर सहजीकरण गर्ने जस्ता काम भएको उपप्रमुख राजु खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->