बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आन्दोलनकारी कार्यक्रमस्थल पसेपछि बागलुङ नगरको चियापान स्थगित

आन्दोलनकारी कार्यक्रमस्थल पसेपछि बागलुङ नगरको चियापान स्थगित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८१, आइतबार

बागलुङ/ बागलुङ नगरपालिकाले स्थापना दिवसको अबसरमा आयोजना गरेको चियापान कार्यक्रम स्थलमा आन्दोलनमा रहेका महिलाहरुले तोडफोड गरेका छन् । गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँ पालिका–१ खहरे दिक्षा भण्डारी थापाको आत्महत्या नभई हत्या भएको भन्दै न्यायका लागि आन्दोलनमा रहेका महिलाहरुले कार्यक्रम स्थल तोडफोड गरेका हुन् ।

सडकमा नाराबाजी गरिरहेका महिलाहरु कार्यक्रम स्थल रहेको समिक्षालय पार्कभित्र पसेपछि त्यहाँ तयार पारिएका केही संरचनामा क्षती पुर्याएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । कार्यक्रम स्थलमानै नाराबाजी र भीडभाड रहेकाले सुरक्षा निकायको सल्लाहमा नगरपालिकाले स्थापना दिवसको कार्यक्रम स्थगित गरेको छ ।

“मौसमले पनि राम्रो साथ दिएन्, अन्दोलनको प्रभाव पनि रहयो” नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने “तत्कालका लागि कार्यक्रम स्थगित भएको छ ।” नगरपालिकाले बसन्तकुमार श्रेष्ठ नेतृत्वको कार्यपालिकाले पदबहाली गरेको दुई बर्ष पुगेको अबसरमा समिक्षालय पार्कमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । समिक्षालय पार्कमा राखिएका १८० देशका झण्डाको औपचारिक उद्घाटन र पार्कको नामाकरण गर्ने कार्यक्रम समेत थियो ।
दिक्षाको मृत्यु संकास्पद भएको भन्दै निस्पक्ष छानविनका लागि दवाव दिन केही दिन यता महिलाहरुले आन्दोलन गरिरहेका छन् । मृतकका श्रीमान सुसान्त थापा र

सासु उजेली थापालाई नियन्त्रणमा लिएको प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पोष्टमार्टममा ढिलाई, जाहेरी लिन नमानेको लगायतका कारणले घटना संकास्पद रहेको र अपराधि बचाउन लागिएको आन्दोलनकारीको आरोप छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->