बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘बागलुङ ६’ को दुईपन्ने सुसाइट नोटमा के छ ?

‘बागलुङ ६’ को दुईपन्ने सुसाइट नोटमा के छ ?

‘पोष्टमार्टमको प्रारम्भिक नजिता अनुसार ह्याङ्गीङ भन्ने रिपोर्ट छ, भिसेरा रिपोर्ट नआउने बेलासम्म अझै केही भन्न सकिँदैन’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलले भने ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै छ ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८१, सोमबार

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी १७ वर्षिय बालिका ‘बागलुङ ६’ (प्रहरीले दिएको नाम) को गत जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा भैरहेको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मृतक परिवार तथा अधिकारकर्मीहरुले निष्पक्ष छानविनको माग गर्दै आन्दोलन गरिरहेका बेला प्रहरीले अनुसन्धान र कारवाही प्रक्रियाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाको छानविन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको जनाएको छ । धौलागिरी अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार बागलुङ ६ को झुण्डिएर मृत्यु भएको पाईएको छ । ‘ह्याङ्गीङ भन्ने रिपोर्ट छ, भिसेरा रिपोर्ट नआउने बेलासम्म अझै केही भन्न सकिँदैन’ जिल्ला प्रहरी प्रमुख ऋषिराम कँडेलले भने ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै छ ।’
प्रहरीले बागलुङ ६ झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेको छ । बागलुङ ६ ले बाबुआमालाई सम्बोधन गर्दै क्षमा मागेको र आफुलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले बताए । प्रहरी स्रोतका अनुसार बागलुङ ६ ले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आँफु मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । ‘बागलुङ ६ ले पढ्ने विद्यालयको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला पठाएका छौं’ उनले भने ‘नोटका आधारमा नाम उल्लेख भएका सबैको मोबाईल, चालचलन र व्यवहारको अनुसन्धान सुरु भैसकेको छ ।’
मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको उनले बताए । प्रहरीले घटनाको छानविनमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ । घटनाको अनुसन्धान गर्न जिम्मेबारी दिएका प्रहरी अधिकृतमाथी नै पीडित पक्ष असन्तुष्ट देखिएकाले अनुसन्धान अधिकृत परिवर्तन गरिएको कँडेलले बताए ।
‘तथ्य र प्रमाण जुटाईरहेको प्रहरी कोही कसैबाट प्रभावित हुन्न’ उनले भने ‘कानूनले तोकेभन्दा तलमाथी हामीले गर्नसक्ने कुरा भएन्, प्रमाण र तथ्यहरु जुटाएर अदालतसम्म पुग्ने हाम्रो काम हो, बाँकी अदालतले निर्णय गर्छ ।’ बागलुङ ६ को आत्महत्या नभई हत्या भएको भन्दै न्यायका लागि आन्दोलनमा रहेका महिलाहरुले जेठ दुई गते यता सडकमा नाराबाजी गरिरहेका छन् ।
परिवार र सरोकारवालाले भिसेरा रिपोर्ट नआउने बेलासम्म शव बुझ्न मानेका छैनन् । मृतकको शव एक सातादेखि धौलागिरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->