बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेकपा : जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन

नेकपा : जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८१, सोमबार

बागलुङ/नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बागलुङले जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन गरेको छ ।
सामेबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला इन्चार्ज आजाद सीले पार्टीलाई क्रियाशिल र मजबुत बनाउन वडास्तरमा वर्तमान राजनीतिक संकटको विकल्प, नेपाली विशेषताको समाजवादबारे अभियानकै रुपमा अन्तरक्रिया गर्ने बताए ।
उत्पादनसहितको क्रान्तिलाई जिल्लाको सापेक्षतामा विभिन्न उत्पालनमुलक कार्य गर्ने, जनजिविकासंग जोडिएका महंगी, भ्रष्टाचार, कालोबजारी, मिटरव्याज र बैंकको चर्काे व्याजविरुद्व जनसंघर्ष गर्ने पार्टीको प्रथम बैठकले निर्णय गरेको जिल्ला सेक्रेटरी उत्तम सीले जानकारी दिए ।
समाजवादी मोर्चालाई पालिका स्तरमा विस्तार गर्ने निर्णय गरेको पार्टीले काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी बालिकाको शंकास्पद मृत्युप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्यतथ्य छानवीन गरी पीडितलाई न्याय दिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->