म्याग्दी/बेनी नगरपालिका–५, की सलिना थापा बानियाँ एक महिने कुक तालिममा सहभागी छन् । वैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भन्दै सलिनाजस्तै सिसन नेपाली र रिना खत्रीले खानाको परिकार बनाउने सीप सिकिरहेका छन् । २५ जना महिलासहित ४५ जनाचिटिक्क पहिरन, हँसिलो मुहारसँगै नियमित तालिममा सहभागी हुने गरेका छन् । ‘अहिले खानाको परिकार बनाउने सीप कुक तालिम गर्दै छु, सीप सिकेर विदेश जाने सोच छ,’ बेनी नगरपालिका–१ की रिना खत्रीले भनिन् ।
तालिममा नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन मात्रै नभइ होटलमा आउने ग्राहकको रोजाइ अनुसारको परिकार बनाउन सिकाइन्छ । सीटीईभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टर तालिमको आयोजक हो । पछिल्लो एकदशक यता करिब एक हजार जनालाई तालिम दिइसकेको एसियन होटल टे«निङ्ग सेन्टरका सञ्चालक रविन घलेले बताए ।





