पोखरा/ पोखराको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट यही जेठ २ गतेका दिन क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको हो ।

क्याम्पस प्रमुख विरन्जी गौतमका अनुसार क्युएए दिइनुअघि यहाँको गुणस्तरको मूल्यांकन गरिएको थियो । यसअघि पोखराकै पृथ्वीनारायण क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसलाई यस्तो प्रमाणपत्र दिइएको थियो । २०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १ हजार ६ सय ५० विद्यार्थी छन् । कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्तर्गत एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुुँदै आएको छ ।





