बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगर खानेपानीका अध्यक्षको राजिनामा

बागलुङ नगर खानेपानीका अध्यक्षको राजिनामा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८१, मंगलबार

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केवी राना मगरले पदबाट राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै रानामगरले अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।
गत पुषमा सम्पन्न संस्थाको साधारणसभा तथा अधिवेशनमा जयराम भारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित रानामगरले जनचाहना अनुसार काममा परिणाम दिन नसकेपछि राजिनामा दिएको संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीलाई सम्बोधन गरेको पत्रमा उल्लेख गरेका छन् ।
नगरवासीलाई चौबिसै घण्टा सफा खानेपानी खुवाउने, छिटोछरितो कामलाई कार्यान्वयनमा ल्याउने समितिको निर्णयमा मतभिन्नता देखिएको, काम गर्न कठिनाई भएको, सर्वसुलभ तरिकाले सेवा दिनुपर्ने संस्थामा केहि सदस्य र कर्मचारीले असहयोग गरेपछि राजिनामा दिन बाध्य भएको पत्रमा उल्लेख छ ।
अध्यक्षको राजिनामा पत्र आफुलाई प्राप्त भएको उपाधयक्ष जिसीले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->