बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरलाई खाद्यन्न सहयोग गरेको छ ।
संस्थाको १८ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरमा दाल, चामल, नुनुतेल गरी १० हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल ‘कुमार’ले जानकारी दिए ।
बागलुङ बजारलाई कार्यक्षेत्र बनाएर बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीेले स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष पौडेलसहित उपाध्यक्ष तोयानाथ गौतम, सचिव बालकृष्ण शर्मा, कोषाध्यक्ष लक्ष्मी प्रसाद पौडेल, सदस्य गंगा कुमारी शर्मा र प्रबन्धक मुना शर्माले संयुक्त रुपमा आश्रम र मन्दिरलाई खाद्यन्न प्रदान गरेका थिए ।






