बागलुङ/राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने भएको छ । स्वामीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने राधाकृष्ण मन्दिर सेवा समितिले जनाएको छ ।
आगामी जेठ १२ गते हुने कार्यक्रममा पोखरा विश्व विद्यालयका उपकुलपती प्रा. डा. नारायण अर्यालले स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई पुरस्कार प्रदान गर्ने राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले जानकारी दिए ।
वैदिक सनातन धर्मको संरक्षण, पूर्वीय दर्शनको प्रचार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै स्वामीलाई सनातन धर्म पुरस्कार प्रदान गर्न लागिएको हो । समितिले प्रत्येक चार÷चार वर्षमा सनातन धर्म पुरस्कार प्रदान गर्दै आएको छ ।
समितिले यसअघि डा. जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार र भजन शिरोमणि गायक भक्तराज आचार्यलाई नन्द कला राष्ट्रिय पुरस्कार प्रदान गरिसकेको सचिव हरिप्रसाद उपाध्यायले बताए ।





