बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नौ दिनपछि उठ्यो ‘बागलुङ ६’ को शव

नौ दिनपछि उठ्यो ‘बागलुङ ६’ को शव


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८१, बुधबार

बागलुङ/गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार नौ दिनपछि उठाईएको छ । बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले एक सातापछि शव बुझेको हो ।

आन्दोलनरत पक्ष र जिल्ला प्रहरी कार्यालयबीच घटनाको अनुसन्धान निश्पक्ष रुपमा गर्ने, कसैको प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउने सहमति पछि परिवारले शव बुझेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

घटनाको निस्पक्ष छानविन र कारवाही हुनेमा शंका व्यक्त गर्दै बालिकाको परिवार नेतृत्वमा सरोकारवालाले विरोध प्रदर्शन गर्दै आएका थिए ।

पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेसम्म शव बुझ्न अस्वीकार गरेको बालिकाको माइती पक्ष र प्रहरीबीच बुधबार सहमति भएपछि उनको शव दाहसंस्कार गरिएको हो । उनको निरयघाटमा जनप्रतिनिधि र प्रहरीको उपस्थितीमा दाहसंस्कार गरिएको हो ।

बागलुङ नगरपालिका १० माइतीघर भएकी उनको केही समय अघि काठेखोला गाउँपालिका १ का १७ बर्षिया बालकसँग प्रेम बिबाह भएको थियो । जेठ दुई गते घरमा झुण्डिएको भन्दै उनका श्रीमान र सासुले पासो काटेर धौलागिरी अस्पताल पुर्याएका थिए ।

अस्पताल पुग्दा उनको मृत्यु भैसकेको थियो । माइती पक्षले घटना शंकास्पद भन्दै किटानी जाहेरी दिँदा केही ढिलागरी जाहेरी दर्ता हुनु, अस्पतालमा समयमा पोष्टमार्टम नहुने लगायतका कारण परिवारले निष्पक्ष अनुसन्धानमा आशंका गरेका थिए ।

घटनाको छानविनका लागि प्रहरीले बालिकाका श्रीमान, सासु, नन्द र जेठा ससुरालाई नियन्त्रणमा लिईसकेको छ । धौलागिरी अस्पतालको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा झुण्डिएको उल्लेख छ । त्यस बिषयमा भिसेरा रिपोर्टले मात्रै प्रष्ट पार्ने कँडेल बताउँछन् । प्रहरीले बालिकाको कोठाबाट सुसाईट नोट समेत फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->