बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अनेम संघ बागलुङको सातौं जिल्ला सम्मेलन सुरु

अनेम संघ बागलुङको सातौं जिल्ला सम्मेलन सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

बागलुङ/अखिल नेपाल महिला संघ बागलुङको सातौं जिल्ला सम्मेलन सदरमुकाम बागलुङ बजारमा बिहिबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै संघकी केन्द्रिय अध्यक्ष टुका भद्र हमालले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गरिन् ।
संबिधानलेनै व्यवस्था गरेको अधिकार र पार्टी तथा संगठनहरुका विधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि महिलाको सहभागिता बढाउन अझै कठिन भैरहेको उनको भनाई थियो । हमालले महिलाले नेतृत्व गरेका हरेक क्षेत्र सबल र सफल रहेको बताईन् । राज्यका निर्णायक निकायमा महिलाको सहभागिता सुनिश्चित गर्नुको साटो कानुनका छिद्रहरु खोजेर महिलालाई पाखा लगाउने गरेको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।
कार्यक्रममा नेकपा एमालेकी पोलिटव्युरो सदस्य मनकुमारी केसीले अधिकारका लागि महिला आँफै पनि संगठित र जागरुक हुनुपर्नेमा जोड दिइन् । महिला समस्याका बिषयमा कोही कसैले नबोल्ने भएकाले आफ्नो आवाज आँफै उठाउनुपर्नेमा उनको जोड थियो । उनले महिलामाथी हुने हिंसाका घटना बढेकोमा चिन्ता समेत व्यक्त गरिन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना अनेमसंघ सचिव तथा केन्द्रिय सदस्य नरदेवी पुन, एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, अनेम संघकी केन्द्रिय सदस्य ममतादेवी शर्मा, अनेमसंघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी, अनेम संघ केन्द्रिय सदस्य मञ्जु चालिसे, पूर्व केन्द्रिय सदस्य गंगा शर्मा लगायतले बोलेका थिए ।
अनेम संघ जिल्ला अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षता, चित्रकला श्रीसको स्वागत र कालिका सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारसम्म सम्मेलन चल्ने अध्यक्ष बोहराले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->