बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

बागलुङ/नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । आँफुले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा त्यसपछि खुलेका नयाँ पार्टीहरु आईसक्दा समेत नयाँ शक्ति अभियान रुमलिएको भन्दै भट्टराईले अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए ।
नयाँ खुलेका पार्टीहरुले आफ्ना एजेण्डा समातेका भएपनि उनीहरुसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफुलेनै थालेको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा सरसफाई आवश्यकता रहेको बताए । पार्टीहरु सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिएका कारण मुलुकले निकास पाउन नसकेको उनको धारणा थियो ।
जिल्ला अधिवेशनले कृष्ण शर्मा संयोजक रहेको ५१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । पार्टीको विद्यान महाधिबेशन पश्चात बाँकी पदाधिकारीको टुंगो लगाउने अध्यक्ष शर्माले बताए ।
भट्टराई शुक्रबार बिहान उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा सहभागि हुने छन् । हाल नेपालमा सुस्ताएको अर्थतन्त्र, व्यवसायिक क्षेत्रमा देखीएको आर्थिक मन्दिसंगै देशको लथालिङ अर्थतन्त्रलाई सहि लयमा ल्याउने सन्दर्भमा ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अबको यात्रा’ बिषयमा भट्टराईसँग अन्तर संम्बाद तथा छलफल कार्यक्रम रहेको संघका अध्यक्ष नरेश कँडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->