शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी नगरका घरको नम्बर डिजिटल प्रणालीमा

बेनी नगरका घरको नम्बर डिजिटल प्रणालीमा

समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने गरी घरमा नम्बर टाँस्ने काम सुरू ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ ।
नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी सदरमुकाम बेनीबजारबाट घर नम्बरिङको शुभारम्भ गरिएको हो ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गदैं नगरबासीको गोपनियतालाई कायम गदैं नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने गरी घरमा नम्बर टाँस्ने काम समेत सुरू गरिएको बताए ।
‘सबै घरमा डिजिटल नम्बर जडान गरिने छ,‘नगरबासीलाई करको दायरामा ल्याउनेभन्दा बढी सेवा दिन यो प्रविधिको प्रयोग हुन्छ,’ मेयर केसीले भने ।
डिजिटल घर नम्बर प्रणाली जडान भएपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोग चाहिएमा छिमेकीलाई समेत नगरपालिकाबाटै खवर गर्न सकिने सहित दर्जनौ सुविधा भएकाले डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुने मेयर केसीले बताए ।
उनले नगरबासीको ब्यक्तिगत विवरण सुरक्षित हुने भएकाले घरपरिवारका सदस्य सहित शैक्षिक योग्यता, अनुभव तथा समाजमा गर्न सकिने सहयोगका बारेमा समेत अपटेड हुदाँ भविस्यमा नगरबासीसँग सहकार्य गरी काम गर्न सकिने जनशक्तीको पहिचान समेत हुने भएकाले विवरण उपलब्ध गराउन समेत अनुरोध गरे ।
घरमा डिजिटल नम्बरिङपछि सेवासुविधाको दुरूपयोग रोक्न सकिने, आफ्नो सूचनाहरू अपडेट गर्न सकिने, सुत्केरी, गर्भवती तथा जटिल रोग र बिरामी परेको अवस्थामा आवश्यक औषधि तथा एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्ने गरी सूचना प्रणालीको विकास गरिएको बेनपा–८ का वडा अध्यक्ष उत्तमकुमार कमार्चायले बताए ।
नगरपालिकाले वडा नं ८ बाट सुरू गरी सबै १० वटै वडाका घर अगाडी जडान गर्ने छ । डिजिटल घर नम्बर प्रणाली शुभारम्भ कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->