बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युवा नरोकी देश बन्दैन : भट्टराई

युवा नरोकी देश बन्दैन : भट्टराई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार

बागलुङ/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिको पलायन रोक्नै पर्ने बताएका छन् ।
बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै देशको बिकास र अर्थतन्त्रको सुधारका लागि युवा शक्तिको महत्वपूर्ण योगदान हुने भट्टराईले बताए ।
पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले श्रम बेच्ने र वस्तु आयात गरेर नेपाल समृद्ध बन्न नसक्ने भन्दै नेपाललाई कृषि प्रधान देशबाट कृषि औद्योगिक प्रधान देशमा रूपान्तरण गर्न आवश्यक रहेको बताए । देशको ऊर्वर जनशक्ति विदेसिनाले नेपालको उद्योग कलकारखानालाई जनशक्तिको अभाव भएकोले युवा जनशक्तिलाई नेपालमानै वस्ने वातावरण बनानुपर्ने भट्टराईले तर्क छ ।
कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकी मुलुकहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मात्र मुलुकमा छिटो विकास र समृद्धि आउने उनले बताए ।
उनले मुख्य राजनीतिक दलको शक्ति संघर्षको कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेकोसमेत बताए । नेपाल स्रोत र साधनले भरिपूर्ण भएर पनि नयाँ सोच र योजनाका साथ अगाडि बढ्न नसेकोले पुरानो सोच परिवर्तन गरि अगाढी वढ्नु विकल्प नरहेको उनको धारणा थियो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले राष्ट्रिय पुँजी निर्माणका लागि सरकार र नीजि क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको भन्दै उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पुँजीको निर्माण गर्न सकिने बताए । कार्यक्रममा राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, उप प्रध्यापक, बैंकर्स, उद्योगी व्यवसायी, पत्रकार लगाएतले डा. बाबुराम भट्टराईसँग अन्तर सम्वाद गरेका थिए । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->