परिचय
गुलमोहर एउटा यस्तो वृक्ष हो जसमा रातो रंगका फूलहरु फूल्छन् । यसको जन्मभूमी मेडागास्करलाई मानिन्छ । १६ औं शताब्दीतिर पोर्चुगलीहरुले यो वृक्षलाई मेडागास्करमा देखेको थिए भन्ने भनाई छ । १८ औं शताब्दीमा फ्रेंच किटीसको गर्भनर काउन्टी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखी दिए । पछि यो सेंट किटीस र नेवीसको राष्ट्रिय फूलको रुपमा पनि स्वीकृत गरियो । यसलाई रोयल पोइंहियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ । फ्रान्सेलीहरुले सम्भवत गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिए, उनीहरुको भाषामा यसलाई स्वर्गको फूल भन्छन् ।
कोसा जातिको यो फूलको बोट फूलहरुमा सबैभन्दा ठूलो मानिन्छ । यसको वैज्ञानिक नाम डेलोनिक्स रेगिया (Delonix regia ) रहको र काँडा नहुने यो फूलको बासना भने हुँदैन । यो फूल गाढा रातो, पहेँलो र रातो पहेलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रंगका मात्र छन् । यो वृक्ष प्रतिवर्ष ५ फिटसम्म बढ्ने भएको हुँदा यो छिटो mature हुन्छ ।
नेपालमा गुलमोहर
गुलमोहर फूल नेपाली भाषामा ‘कृष्णचुडा’ भनिन्छ । यो रातो रङको फूल गुलमोहर पेडीको फूल हो जो उत्तर भारत र नेपालमा धेरै गुलमोहर फूल नेपाली भाषामा ‘कृष्णचुडा’ भनिन्छ । यो रातो रङको फूल गुलमोहर पेडीको फूल हो जो उत्तर भारत र नेपालमा पाइन्छ । यो फूल बगैंचामा, सडकका पार्कहरूमा, र नगरका बाटाहरूमा पनि देखिन्छ । गुलमोहर फूलले बगैंचा र सडकको सौन्दर्य बढाउँदछ ।
प्रयोगहरु
औषधीय गुणहरु : यसको धेरै प्रकारका प्रयोग र लाभहरू छन् । यसको अनेक औषधीय गुणहरू रहेको छ जसले मानिसहरूको स्वास्थ्यमा लाभ पुर्याउँछ । यसको काण्ड, बोक्रा, पात, फूलको विभिन्न आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । यस वृक्षको पातमा Anti diabetic गुण हुन्छ । जसले मानव शरीरको रगतमा रहेको ग्लुकोजको मात्रा कम गराउँछ । यसका साथै गुलमोहरको अन्य भागहरुमा anti bacterial, anti fungal, anti inflammatory, anti microbial / gastro protective जस्ता गुणहरु हुन्छन् । यसले रक्तचापको सन्तुलन बनाउँछ, अल्सरको उपचार गर्दछ, अस्थमाको समस्या राम्रो गर्दछ र संचित वायुलाई ध्वस्त गर्दछ । यसले बगैंचा र नगरका मनोहार स्थलहरूलाई रमाइलो बनाउँछ ।
वतावरणीय महत्व :
–यसले प्रदुषित वायुलाई purify गर्छ र जलबायु परिवर्तनको प्रभावसंग जुध्न मद्दत गर्छ ।
–यसले भू–क्षय, बाढी, पहिरो र जल प्रदुषणलाई न्यूनीकरण गर्न मद्दत गर्छ ।
–यसलाई भू–क्षयग्रस्त क्षेत्रमा रोपण गर्दा भू–क्षय नियन्त्रण हुने र माटो पुर्नस्थापना गर्न मद्दत पुर्याउँछ ।
–यो कोसा प्रजातिको वृक्ष भएकाले वातावरणीय नाईट्रोजन स्थिरिकरणमा मद्दत पुग्छ ।
डिभिजन वन कार्यालय बागलुङ





