बागलुङ/ नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ओम वहादुर केसी चयन भएका छन् । सम्पर्क मञ्चको शनिवार काठमाडौंमा समपन्न १३औं सम्मेलनबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् ।
मञ्चको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र ममता गैरे, सचिवमा कृष्ण खड्का, सचिवमा सचिता गौतम र देवेन्द्र पौडेल र कोषाध्यक्षमा सुशिल ढुंगाना सर्वसम्मत भएका छन् । सम्पर्क मञ्चको सदस्यहरुमा तम्कली शर्मा, तुफान गौतम, मदन घर्ति, मोहनमान भट्टचन, तिलक शर्मा, दिपक उपाध्याय, यम कुमारी विक, सुष्मा शर्मा, वेद प्रसाद गौतम र किस्मतवावु पौडेल सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक पदम गिरीले बताए ।
अधिवेशनको उद्घाटन एमालेका केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिन् । उद्घाटन गर्दै उपाध्यक्ष शाक्यले सुखी नेपाली–समृद्ध नेपालको लक्ष्य हासिल गर्न सवै नेता कार्यकर्ताहरु उत्पादनसंग जोडिने र मुलुकमा स्थायी सरकार निर्माण गर्नुपर्ने वताईन् ।
‘त्यसका लागि मिसन ०८४लाई सफल पार्नुपर्दछ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘राजनैतिक स्थायित्व र विकासका लागि वहुमतको सरकार आवश्यक पर्दछ, त्यसको तागत एमालेसंग मात्रै छ । मिसन ८४ भनेर मात्रै हुदैन, व्यवहारिक रुपमा कार्यान्वयन गर्न र परिणाम निकाल्न कडा मेहनत र महत्वपूर्ण प्रयत्न गर्नुपर्दछ ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सम्पर्क इन्चार्ज कल्पना थापा, केन्द्रिय सदस्य ईन्द्रलाल सापकोटा, डा.सुर्य पाठक, कृष्ण वहादुर केसी, श्याम कुमार वस्नेत, अमृता अधिकारी, केन्द्रिय सल्लाहकार परिषद सदस्य नवराज शर्मा, सम्पर्क समन्व कमिटीका सदस्य चेतनारायण पौडेल, बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिरा वहादुर केसी, गण्डकी सम्पर्क कमिटीका उपाध्यक्ष पदम गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
निवर्तमान अध्यक्ष अर्जुन सापकोटाको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन सचिव ओम वहादुर केसीले र स्वागत उपसचिव सचिता गौतमले गरेका थिए ।





