बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिगण्डकी करिडोरमा सुख्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

कालिगण्डकी करिडोरमा सुख्खा पहिरो, सडक खुल्न एक साता लाग्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८१, सोमबार

बागलुङ/ सुख्खा पहिरोका कारण आईतबार रातीदेखि कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अबरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मिको कालिगण्डकी गाउँपालिका वडा नं. ६ बरलवाको भीरमा गत राती भीषण पहिरो खसेको हो ।

पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । यसअघी फागुन ११ र २६ गते पनि सोही ठाउँमा भीषण पहिरो खसेको थियो । सुख्खा पहिरोका कारण कोरिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतीको काम भैरहेको छ । काम चलिरहेकै बेला आईतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अबरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए ।

“पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटक पटक पहिरो खसेर काममा बाधा पारिरहेको छ” आयोजना इञ्जिनियर अरुण खत्रीले भने, “पहाड सिंगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।” पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले सोमबार बिहानैदेखि काम थालेका छन् । बरलवाको भीरमो खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ ।

सडक अबरुद्ध भएकाले करिडोरहुँदै लामो तथा छोटो दुरीका सवारी आवागमनमा समस्या आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवल लगायतका ठाउँमा चल्ने सवारीका साधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेला बेलामा सुख्खा पहिरो जाने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->