बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वडा नागरिक आरोग्य कार्यक्रम

वडा नागरिक आरोग्य कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. २५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको हो ।
पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको वडाअध्यक्ष मोतिलाल तिम्सिनाले बताए ।
अभियानको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कार्यक्रम निकै प्रभावकारी भएको बताइन् ।
पोखरा महानगरपालिका वडा न ं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले नागरिकहरूको स्वास्थ्य प्रति जनप्रतिनिधिहरू संवेदनशील रहेको बताउनुभयो । पोखरा १७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरूका लागि यस प्रकारको कार्यक्रम निकै फलदायी र प्रभावकारी हुने धारणा राखिन् । पोखरा १ का वडा अध्यक्ष साहारा प्रधानले एउटा आवश्यकताको सुरुवात पोखरा २५ ले गरेको भन्दै यसलाई शिक्षाको रूपमा लिनु पर्ने बताए ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताए । कार्यक्रम सञ्चालन पूर्व घरधुरी सर्वेक्षण गरिएको थियो ।
यसअघि २०८१ वैशाख ३० मा अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पाइलट प्रोजेक्टको रूपमा वडा नं.२५ बाट सुरु गरिएको कार्यक्रमलाई क्रमशः महानगरका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->