बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकार महासंघ बागलुङ शाखामा ताला

पत्रकार महासंघ बागलुङ शाखामा ताला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

बागलुङ/पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी भएको छ । शुद्धिकरणका नाममा क्रियाशिल पत्रकारलाई बाहिर राखेर पत्रकारिता बाहिरका व्यक्तिहरुलाई सदस्यता प्रदान गरेको भन्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले र सदस्यता नै नपाएका क्रियाशिल पत्रकारहरुले महासंघमा तालाबन्दी गरेका हुन् ।

चौतारी र क्रियाशिल नयाँ पत्रकारहरुले छुट्टाछुट्टै ताला लगाएका हुन् । प्रेस चौतारीले शुद्धिकरणका नाममा गैह्र पत्रकारलाई भित्राएको भन्दै आपत्ति जनाएको छ । पत्रकार महासंघले जिल्ला र प्रदेशबाट भएको सिफारिसभन्दा बाहिरबाट सत्ता र शक्तिको आडमा सदस्यता भित्राउने काम भएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको जिल्ला अध्यक्ष सिर्जना पन्तले बताईन् । शुद्धिकरण मापदण्डलाई अक्षरशः पालना गरेर सदस्यताको टुंगो लगाउन चौतारीले माग गरेको छ ।

त्यस्तै, जिल्ला शाखाको बैठकले सर्वसम्मत निर्णय गर्दासमेत सदस्यता नदिएको भन्दै नयाँ सदस्यका आकांक्षीहरु आन्दोलनमा उत्रिका हुन् । बिना कारण जिल्ला शाखाले गरेको निर्णय बमोजिम केन्द्रले सदस्यता लिनबाट बञ्चित गराएकाले ताला लगाउन बाध्य भएको पत्रकार बिनोद प्रतिकले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->