बागलुङ/गणतन्त्र दिवसको अवसर पारेर अमर आदर्श आवासिय माविमा गठित युवा रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
गणतन्त्रका विषयमा विद्यार्थीलाई जानकारी गराउने र पाठ्यक्रम बाहिरको ज्ञान वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो ।
वक्तृत्वकला मा इसान पौडेल प्रथम, आरोही सुवेदी द्वितिय, विवेक बर्देवा तृतिय र पवित्रा कार्की सान्त्वना भएका छन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रयोगितामा सहभागिता जनाएका थिए ।





