शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीको अल्लो र ढाकाको मुख्य बजार विदेश

म्याग्दीको अल्लो र ढाकाको मुख्य बजार विदेश

म्याग्दीका ढाका र अल्लो उत्पादनमा सक्रिय महिला उद्यमीका अनुसार बार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८१, शनिबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–७, सदरमुकाम बेनीस्थित मंगलाघाटकी उद्यमी लिला पुनले बार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायत सामग्री विदेशमा बिक्री गर्छिन् । उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायत यूरोपका देशबाट नियमित अर्डर आउँछ । विदेशमा रहेका नेपालीको रोजाईम ढाकाबाट बनेका थरीथरीका डिजाइन खोज्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याई छ ।
स्वदेश तथा विदेशबाट आउने माग अनुसार उत्पादन गर्न नसकेकी पुनले म्याग्दीका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेकी छन् । उनले स्वदेशमा भन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीलाई बिक्री गर्ने गरेको बताइन् ।‘माग ठेग्नै सकिदैन,अहिले अल्लो र ढाकाबाट निर्मित साम्रागीहरूलाई बजारको अभाव छैन’ पुनले भनिन् । उनले ग्राहकको रोजाई अन्ुसार ढाकाका कपडाहरू तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताइन् ।
१८ बर्ष अगाडी भकिम्ली हाल बेनी नगरपालिका–३ बाट रोजगारको खोजीमा सदरमुकाम बेनी आएकी पुन म्याग्दी जिल्लाकै सफल उद्यमीमात्रै होइन देसैँभरि ढाका उद्यमी भनेर चिनिन्छन् । विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको पुनको भनाई छ ।‘विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ,‘अहिले कोशेली दिन पनि ढाकाकै कपडाबाट बनेका डिजाइनहरू प्रयोग हुन्छ’ पुनले भनिन् ।
उनले माग अनुसारको उत्पादन गर्न मुस्किल भएपछि अहिले म्याग्दीका स्थानीय तह तथा विभिन्न जिल्लामा समेत पुगेर नयाँ उद्यमीलाई सीप सिकाउँदै आएकी छिन्। ढाकासँगै अल्लोका कपडा समेत बिक्री गर्ने गरेकी पुन सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निशुल्क समेत तालिम दिन्छिन् ।‘पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु’ पुनले भनिन् ।
उद्यमीको परिचयसँगै यसपटक महिलाले पढ्ने उज्यालो बैकल्पिक विद्यालयबाट एसइईको परीक्षा समेत दिएर नतिजाको पखाईमा छिन् । ‘तानमा बसेपछि समय बितेको पत्तै हुदैन,’अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ’ पुनले भनिन् । अहिलेसम्म पुनले २ हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण समेत दिएको बताइन् । म्याग्दीमा अल्लो र ढाकाका ३० जना उद्यमी सक्रिय छन् ।
म्याग्दीमा पुन बाहेक नेकसरा पुन, दिलु घताने,विष्णु गुरूङका साथै पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम दिन थालेपछि उद्यमीको संख्या ह्वात्तै बढेको छ । महिला उद्यमी दिल घतानेले अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिलाहरू आथिैक रुपमा समत सम्पन्न रहेको बताइन् ।
म्याग्दीका ढाका र अल्लो उत्पादनमा सक्रिय महिला उद्यमीका अनुसार बार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भएपनि अल्लो र ढाकाबाट उत्पादिन बस्तु नै प्रयोग गर्ने गरेका छन् ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बिदेशमा रहेका म्याग्देलीले ढाका र अल्लोका कपडाको बजारीकरण तथा प्रयोगमा सघाइरहेको बताए । उनले अल्लोको कोट पाइन्ट, टोपी, सारीको प्रयोग गरी सार्वजनिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरिएको बताए । म्याग्दीमा आयोजना हुने म्याग्दी महोत्सवमा समेत म्याग्दी उद्योग वाणिज्य संघले निशुल्क स्टल उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->