बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माओवादी बानपा २ को अध्यक्षमा राजभण्डारी

माओवादी बानपा २ को अध्यक्षमा राजभण्डारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८१, आइतबार

बागलुङ/नेकपा माओबादी केन्द्र बागलुङ नगरपालिका वडा नम्वर दुईको अध्यक्षमा सुन्दरी राजभण्डारी चयन भएकी छन् । शनिबार सम्पन्न भेलाले राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राम बहादुर विक, सचिवमा भुपेन्द्र केसी, सहसचिवमा मिना कार्की र कोषाध्यक्ष रविन्द्र श्रेष्ठ सर्वसम्मत रुपमा समिति चयन भएको नेकपा माओबादी केन्द्रले जनाएको छ ।
सो अवसरमा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज बलावती शर्माले माओबादी बिना मुलुकको विकास सम्भव नभएको बताइन् । उनले गणतन्त्र, धर्म निरपेक्षता, संघियता लगायतका एजेण्डा माओवादीका भएकाले हरेक परिवर्तन माओबादी विना सम्भव नहुने दावी गरिन् ।
कार्यक्रममा नेपाल उद्योग व्यापार संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, बागलुङ जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य निर्मल बहादुर श्रेष्ठ, कार्यालय सचिव चन्द्रवहादुर थापा शिखर, होटल व्याब्सायी सघं गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->