काठमाडौं / नेकपा एमाले म्याग्दी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तम बहादुर गुरुङ सर्वसम्मत भएका छन् । शनिवार समपन्न मञ्चको १२औं सम्मेलनबाट अध्यक्ष गुरुङ सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सम्पर्क मञ्चको उपाध्यक्षमा होम पुन र धनमाया शेरपुञ्जा, सचिवमा इन्द्र खड्का, उपसचिवमा खेम सुवेदी र कोषाध्यक्षमा खडक थापा सर्वसम्मत भएका छन् । मञ्चको सदस्यहरुमा हिरा वहादुर थापा, पदम छन्त्याल, कृष्ण पुन, दिनद जुग्जाली, हिरालाल रोका, चमेली खत्री, टपेन्द्र पुन र यामु पुन सर्वसम्मत भएको एमालेले जनाएको छ ।
सम्मेलनको उद्घाटन एमालेका केन्द्रिय सदस्य तथा सम्पर्क इन्चार्ज कल्पना थापाले गरेकी थिईन । सो अवसरमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नरदेवी पुन र हरिकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।





