म्याग्दी/जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ महभीरका ३१ बर्षिय रविन सिर्पाली मंगलबार पक्राउ परेका हुन् ।
जिल्ला अदालत म्याग्दीबाट ४ वर्ष ११ महिना २२ दिन कैद सजाय ठहर भइ फरार रहेका सिर्पालीलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनलाई जिल्ला अदालत म्याग्दीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय खबरामा पठाएको छ ।





