बागलुङ/ विश्व वातावरण दिवसको अवसर पारेर ढोरपाटन नगरपालिका-१मा वृक्षारोपण गरिएको छ । विवाईसी बागलुङको सहजीकरणमा सञ्चालित दिगो पर्यटन प्रवद्र्धन तथा बातावरण संरक्षण परियोजना अन्तरगत गठित बुर्तिबाङ सामुदायिक बाल क्लवको आयोजना वृक्षारोपण गरिएको हा ।
क्लबले ढोरपाटन-१ भगवती मन्दिरदेखि सरस्वती आधारभूत विद्यालयसम्म धुपी सल्ला र विभिन्न फुलका १५० वटा विरुवा रोपेको हो ।
सो अवसरमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका न्यायिक समितिका सदस्य गोपाल महत, वडा सदस्य रमिता रोका शेर्बुजा, विवाईसी बागलुङका सामाजिक परिचालक अधिकृत ओमप्रकाश सिर्पाली, बाल क्वलका विद्यार्थी लगायतले वातावरण दिवस र बृक्षारोपणको महत्वका वारेमा वोलेका थिए ।





