बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिका लघुवित्तद्वारा सदस्यलाई राहत प्रदान

कालिका लघुवित्तद्वारा सदस्यलाई राहत प्रदान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

बागलुङ/कालिका लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय बागलुङले आफ्ना सदस्यलाई राहत रकम प्रदान गरेको छ ।
संस्थाका सदस्य बेनी नगरपालिकाको ज्यामरुककोट निवासी तिल कुमारी गुरुङका श्रीमान राम बहादुर गुरुङको निधन भएपछि उनको परिवारलाई कर्जा बिमा बापतको १ लाख ५१ हजार २२ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका जोखिम तथा कर्जा असुली विभाग पोखराका सहायक हरि प्रसाद न्यौपाने, बागलुङ शाखा प्रबन्धक राजकुमारी बस्याल, कनिष्ट सहायक यसुदा आचार्य भूसाल र कल्पना थापा मगरले संस्थाका सदस्य गुरुङलाई संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->