पोखरा/ ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ मेडिप्लस हस्पिटल महेन्द्रपुलको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४० जना सहभागी भए ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तब्य बहुउदेश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रम लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष सन्तोष तिमिल्सिनाको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका पुर्ब अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा.अमर नागिला, रामप्रसाद तिमिल्सिना, मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तब्य बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष बिष्णुहरी तिमिल्सिना, उपध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लव अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपालीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लायन्स क्लवका सचिव छबि पनेरुले गरेका थिए । गण्डकी प्रदेशका सांसद प्रकाश बराल सहित जम्मा ४० जनाले रक्तदान गरेको जानकारी डा.सरोज पोखरेलले जनाए ।





