बागलुङ/सप्ताहव्यापी रुपमा संचालित नेपाली सेनाको बाहिनीपति ट्र«फी प्रतियोगिता २०८१ को उपाधि नारायण दल गण मुस्ताङले जितेको छ ।
सबैभन्दा धेरै खेल जितेर नारायणदलले उपाधि उचालेको हो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, एथलेटिक्स लगायतका खेल समावेश थिए । धेरै खेल जितेको नारायण दल गण फुटबलमा भने उपबिजेता भयो । श्रीमेहर गण घोडाबाँधेसँग २–० गोलले पराजित भएपनि अन्य खेलमा भने अंक बटुल्न सफल भएको हो । प्रतियोगितामा सेनाको रणभीम गुल्म, शत्रुभन्जन गुल्म, नारायणदल गण, श्रीमेहर गण र २३ नम्बर बाहिनीले पनि भाग लिएको थियो ।
खेलमा सामुहिक र एकल बिधा तर्फ गरी २ सय ४७ खेलाडी सहभागि थिए । त्यसबाट १ सय ८५ खेलाडी छनौट भएको सहायक सेनानी सन्तोष पाण्डेले जानकारी दिए । बिजयी खेलाडीलाइ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बाहिनीपति जगतबहादुर पौडेलले संयुक्त रुपमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे । बिजेता खेलाडीले पृतनापति ट्रफी प्रतियोगितामा भाग लिनेछन् । त्यहाँबाट बिजयी खेलाडीले प्रधानसेनापति ट्रफीमा भाग लिने बाहिनीपति जगतबहादुर पौडेलले जानकारी दिए ।
यसैबीच नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजनामा विभिन्न संस्थाको सहयोगमा म्याग्दीको मालिका गाउँपालिका ६ मा शनिबार वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दरवाङ स्थित जनप्रिय माविमा भएको शिविरमा ६ सय ६० जनाले स्वास्थ्य उपचार गराएका थिए । पश्चिम पृतना हेडक्वाटरका प्रमुख तथा सेनाका उपरथी सन्तोष बल्लभ पौडेलले शिविरको उद्घाटन गर्दै सेनाले समाज सेवाको कामपनि गर्दै आएको भन्दै बिषेषज्ञ सेवाकालागि विभिन्न संस्थामा सहकार्य गरेको बताए ।
उक्त अबसरमा मेडिकलतर्फ २ सय ६९ जना महिला, ८४ जना पुरुष र ५४ जना बालबालिकाको उपचार भएको थियो । आर्युवेदीक तर्फ ९९ जना महिला र ५४ पुरुषले सेवा लिएका थिए । शिवरका लागि सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म, २३ नम्बर बाहिनीको फिए गुल्म, बेनी अस्पताल, बेनी स्थित कृषि ज्ञान केन्द्र र पशु अस्पतालको पनि साथ थियो । साथै शिविरमा कृषितर्फ २४ जना, भेटठेनरी सेवा तर्पm ८६ जना किसानले पनि सेवा लिएका थिए ।
उक्त अबसरमा ओपिडी, हाडजोर्नी मनोरोग, दाँत, आँखा, ल्याब सेवा दिइएको थियो । त्यस्तै कृषि र भेटेनरी सम्बन्धी परामर्श सेवा दिइएको नेपाली सेनाले जनाएको छ । कार्यक्रममा २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल सहितका सैनिक अधिकृत, प्राविधिक समेतको सहभागिता थियो ।





