शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका

अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ ।
१० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागत साझेदारीमा बोका वितरण गरेको पशु शाखा प्रमुख रमेश केसीले बताए ।
गाउँपालिकाले साना तथा मझौला किसान लक्षित गरी सञ्चालन गरेको कार्यक्रममा किसानले खरिद गरेको बोकाको लागतमा ५० प्रतिशत अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीको भनाई छ ।
यसअगाडी समेत बाख्रापालनमा सक्रिय किसानको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । समान्य बाख्रापालन किसानले खरिद गर्न नसक्ने बोयर बोकामा गाउँपालिकाले अनुदान दिएपछि सहज भएको नारच्याङ कोेप्चेपानीमा तुलाराम बुढाको भनाइ छ ।
बोयर जातको बोका वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरतकुमार पुन, वडा नं २ का वडा अध्यक्ष ओमप्रसाद फगामी, वडा नं वडा नं ३ का वडा अध्यक्ष रमेश पूर्जा, वडा नं ४ कार्यवाहक अध्यक्ष भिम शेरपुञ्जा, ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा गाईपालनमा सक्रिय किसानलाई २० थान म्याट समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->