शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सहकारीका कर्मचारीलाई सम्पत्ती तथा दायित्व व्यवस्थापन तालिम

सहकारीका कर्मचारीलाई सम्पत्ती तथा दायित्व व्यवस्थापन तालिम


  • ढोरपाटन संवाददाता
  • असार १ २०८१, शुक्रबार

म्याग्दी/को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको आयोजना र राष्ट्रिय सहकारी बैंक लि. बागलुङ शाखाको प्राविधिक सहयोगमा बिहिबार सदरमुकाम बेनीमा एक दिने तालिम सञ्चालन गरिएको छ ।
सहकारी संस्थाका व्यवस्थापकहरूका लागि सम्पत्ती तथा दायित्व व्यवस्थापन तालिममा म्याग्दी र पर्वतको जलजला गाउँपालिका २९ जनाको सहभागिता रहेको छ । तालिमको सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण तथा उद्घाटन गदैं सहकारीको सफलता कर्मचारीको कार्यसम्पादनमा निर्भर रहने बताए । तालिममा सञ्चालित सहकारीका व्यवस्थापक एवम् लेखा र ऋण हेर्ने कर्मचारीहरूको सहभागिता रहेको छ ।
तालिममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतको उपस्थिती रहेको छ । तालिमको अध्यक्षता को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, स्वागत उपाध्यक्ष नेत्रराज सुबेदी र सचिव तेजकुमारी बानियाँले संचालनमा उद्घाटनमा सम्पन्न भएको थियो । म्याग्दीमा सहकारीका प्रबन्धक आवद्ध रहेको क्लवले कर्मचारी, सञ्चालक समितिको क्षमता विकाससँगै विभिन्न सहकारीमैत्री गतिविधि सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->