बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम

यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम


  • ढोरपाटन संवाददाता
  • असार १ २०८१, शुक्रबार

बागलुङ/नेपाल रेडक्रस सोसाईटीअन्तर्गत लैङ्गिक तथा समावेशिकरण उपसमिति बागलुङको आयोजनामा दुई दिने यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिँसारहित समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा लैङ्गिक तथा बालबालिका सेवा केन्द्रका अध्यक्ष पार्वती आचार्य र अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सिता सापकोटाले पछिल्लो समय यौन तथा लैङ्गिक हिँसा बढ्दै गईरहेको भन्दै सबै मिलेर हिंसाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको उदेश्यबारे रेडक्रसका अधिकृत गोकर्ण श्रेष्ठले प्रकाश पारेका थिए । रेडक्रसका सिद्वान्त सदस्य त्रिकला थापाले वाचन गरिन् । रेडक्रस बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, कोषाध्यक्ष जिवननाथ शर्माको स्वागत र उप–सभापति सिता शर्माको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->