तस्बिर : अर्जुन कार्की
बागलुङ/बागलुङ नगरपालिका–६ सर्वशिद्धिधाम पञ्चकोटमा गत फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
महायज्ञबाट १२ करोड १५ लाख ५५ हजार ९ सय ७४ रुपैयाँ आम्दानी हुँदा ४ करोड २२ लाख ५७ हजार ४ सय ९८ रुपैयाँ खर्च भएको भएको छ । महायज्ञको कुल खर्च कटाएर ७ करोड ९२ लाख ९८ हजार ४५० रुपैयाँ वचत भएको महायज्ञ मुल आयोजक समितिका सदस्य तथा गण्डकी महासभाका प्रवत्ता सुर्दशन प्रपन्नाचार्यले जानकारी दिए ।
अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर श्री १००८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा संचालित महायज्ञबाट संकलित रकम सर्वशिद्धिधाम पञ्चकोटको गुरुयोजना अनुरुप निर्माणाधिन विश्वशान्ति गण्डकी कलशलाई पुर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवक्ता प्रपन्नाचार्यले बताए ।
सर्वशिद्धिधाम पञ्चकोट विकास परिषदका अध्यक्ष दामोदर शास्त्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको उपस्थीतिमा २८ औं गण्डकी महासभा समेत गरिएको थियो ।





