बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लिफ्ट बनाउँदै गर्दा मजदुरको तीनतला माथीबाट खसेर मृत्यु

लिफ्ट बनाउँदै गर्दा मजदुरको तीनतला माथीबाट खसेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २ २०८१, शनिबार

बागलुङ/ निर्माणाधिन भवनमा काम गर्ने क्रममा तीन तला माथीबाट खसेर एक मजदुरको मृत्यु भएको छ । उच्च अदालत बागलुको भवनमा लिफ्टको काम गरिरहेका बाराका ४० बर्षिय पन्नालाल राउत कुर्मीको शुक्रबार राती तिन तल्लामाथीबाट खसेर मृत्यु भएको हो ।

उनले लिफ्टका लागि आवश्यक संरचना निर्माणको काम गरिरहेका थिए । तीन तलामाथीबाट खसेका कुर्मीलाई तत्कालै उनका साथीहरुले उपचारका लागि धौलागिरी अस्पताल पुर्याएका थिए । अस्पतालले रातीनै उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

कुर्मीको शव धौलागिरी अस्पतालको शवगृहमा राखिएको छ । बाराबाट परिवारका सदस्य शनिबार बिहान मात्रै हिँडेकाले उनीहरु आईपुगेपछि पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाईने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->