बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रास्वपाले निर्माणाधिन पूर्वाधारहरुको अनुगमन गर्ने

रास्वपाले निर्माणाधिन पूर्वाधारहरुको अनुगमन गर्ने


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८१, आइतबार

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले साताव्यापी कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्णय अनुरुप जिल्लामा पनि बिभिन्न कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउन लागिएको हो ।
साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन आइतबार कार्यक्रमबारे पत्रकारलाई जानकारी गराएको छ । दोस्रो दिन असार ३ गते हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको छ । बागलुङ नगरपालिका १ स्थित बाङ्गेचौर खेल मैदानमा निर्माण हुन नसकेको प्याराफिटको अनुगमन गरि निर्माणका लागि दबाब दिइने जिल्ला उपसंयोजक टेकबहादुर कुँवर रमेशले जानकारी दिए ।
असार ४ गते धौलागिरी अस्पतालमा सरसफाई र बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई ६० वटा डस्विन प्रदान गर्ने, ५ गते शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण गर्ने र ७ गते पार्टी स्थापनाको दिन चियापान कार्यक्रम गरिने ¥यापिट टिम संयोजक रुसन सापकोटाले बताए ।
‘अब जान्नेलाई छान्ने’ भन्ने नाराका साथ जिल्लामा पार्टी स्थापनाको दोस्रो वर्षमा आइपुग्दा १० पालिकामध्ये ताराखोला, तमानखोला, निसीखोला र काठेखोलाबाहेक अन्य पालिकामा संगठन बिस्तार भएको र पालिकाका अन्य वडामा पनि संगठन बिस्तार गरिएको प्रदेश उपसभापति मिना शर्मा आचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->