बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरिडोरमा पहिरो, आवगमन ठप्प

कोरिडोरमा पहिरो, आवगमन ठप्प


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८१, सोमबार

बागलुङ/ पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ गुल्मी खण्ड अबरुद्ध भएको छ । आईतबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको बिचमा पर्ने गरगरेमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

गरगरेको भीरबाट भीषण पहिरो खसेकाले तत्काल पहिरो पन्छाउन कठिन रहेको करिडोर कलोपत्रेको काम गरिरहेको कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए । सडक अबरुद्ध हुँदा बागलुङबाट भैरहवा, बुटवल लगायतका सहरका लागि छुटेका सवारी साधन अलपत्र परेका छन् । लामो खडेरी पछि आईतबार साँझ परेको भीषण बर्षा पछि पहिरो खसेको उनले बताए । ठुला ठुला चट्टान पहिरोको बीचमा अडिएकाले पहिरो पन्छाउन जोखिम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->