बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेठमा बागलुङ कालीका मन्दिरको बचत ८ लाख

जेठमा बागलुङ कालीका मन्दिरको बचत ८ लाख


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८१, सोमबार

बागलुङ/बागलुङ कालीका गुठी व्यवस्थापनसमितिले जेठ महिनामा कालीका गुठीको आयव्याय सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त खर्च सार्वजनिक गरेको हो ।
जेठ महिनामा भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख, ९६ हजार २ सय ६५ रुपैयाँ भएको जनाइएको छ । चामल बिक्रीबाट ९ हजार, बोकाको टाउकोबाट ११ हजार ९ सय, कुखराबाट ९ सय र राँगोबाट ३ हजार संकलन भएको थियो । सटर भाडाबाट ३ लाख ६ हजार ४ सय र आर्थिक सहयोगबाट ५६ हजार उपलब्ध भब्एको हो । त्यसबाहेक परेवा बिक्रीबाट २ लाख ४० हजार गरी १८ लाख २६ हजार ६ सय ९८ रुपैयाँ संकलन भएको बताइएको हो ।
खर्चतर्फ कर्मचारीको तलबमा ४ लाख ३४ हजार, बिद्युतमा २९ हजार, अतिथि सत्कारमा ४६ हजार, उपहारमा ९ हजार, पूर्वाधारतर्फ २ लाख ३६ हजार र जग्गा व्यवस्थापनमा १ लाख ५० हजार गरी खर्चतर्फ १० लाख २१ हजार खर्च भएको हो । जेठमा गुठीले ८ लाख ५ हजार बचत गरेको जनाएको छ ।
त्यसबाहेक गुठीले कालीका मन्दिर दर्शन गर्न आउने भक्तजनलाई बस्तको लागि बानपा १ को मालढुंगादेखि माथील्लो भागमा धर्मशाला बनाउने भएको छ । त्यसका लागि डिपिआर तयार गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->