बागलुङ/ सडक माथीबाट पहिरो खसेपछि गत आईतबारदेखि अबरुद्ध भएको राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । आईतबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको बिचमा पर्ने गरगरेमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।
करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाए पछि सडक सञ्चालनमा आएको हो । मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको इञ्जिनियर छकबहादुर गुरुङले बताए ।
गरगरेको भीरबाट भीषण पहिरो खसेकाले पहिरो पन्छाउन समय लागेको गुरुङले बताए । सडक अबरुद्ध हुँदा बागलुङबाट भैरहवा, बुटवल लगायतका सहरका लागि छुटेर अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । लामो खडेरी पछि आईतबार साँझ परेको भीषण बर्षा पछि पहिरो खसेको थियो ।





