बागलुङ/आफ्नै शैक्षिक योग्यताका प्रमाणपत्र किर्ते गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-७ का वडाअध्यक्ष धनबहादुर अदै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले अधिल्लो बुधबार उनलाई घरबाट पक्राउ गरेको हो ।
कक्षा १० को शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको भन्दै उनलाई पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो ।
अदै बिरुद्धमा कागजात किर्ते मुद्धामा जिल्ला अदालत बागलुङबाट म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । अदै राष्ट्रिय जनमोर्चाबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।





