आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङको भोटेओडारमा दिउसै खुकुरी प्रहार, दुई युवा घाइते

लमजुङको भोटेओडारमा दिउसै खुकुरी प्रहार, दुई युवा घाइते


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८१, मंगलबार

लमजुङ / जिल्लाको सुन्दरबजार नगरपालिका-९ बगैँचास्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै सोमबार दिउँसो करिब ३ बजेतिर दुई जना युवामाथि खुकुरी प्रहार भएको छ।

खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका-४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन्।

खुकुरी प्रहारबाट लिलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते गुरुङलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ। मंगलराज भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। सुन्दरबजार नगरपालिका-९ बालुने निवासी ३० वर्षीय आकाश घलेलाई प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अनुसन्धानका लागि तिनपिप्लेबाट थप तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चपाईंले जनाए।

दोर्दी गाउँपालिका-५ का ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६ घर भई सुन्दरबजार-९ बस्ने ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका-७ का ३८ वर्षीय प्रवीण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक चपाईंले युवाहरूबीच पुरानो रिसिइबिको कारण झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए।

दोर्दीको माथिल्लो भेगमा निर्माण गरिएको ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ (पिपुल्स हाइड्रोपावर)को कवाडीको विषयलाई लिएर झगडा भएको हुनसक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेका चारै जनामाथि जिल्ला अदालतबाट ज्यान मार्न उद्योग मुद्दामा ७ दिनको अनुमति लिईघटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->